देउवाले दिए एस जयशंकरलाई बधाई

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
 
    सभापति देउवाले आज एक पत्रमार्फत एस जयशङ्करलाई भारतको विदेशमन्त्रीमा नियुक्त हुनु भएकामा बधाई दिनुभएको हो । एस जयशङ्करले भारतको वैदेशिक सेवामा गर्नुभएको लामो अनुभव र योगदानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बाह्य मामिला सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उच्च सफलता मिल्ने सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ ।
   साथै सभापति देउवाले विदेशमन्त्री एस जयशङ्करको कार्यकालमा नेपाल र भारतबीचको आपसी सम्बन्ध अझ बलियो हुने अपेक्षा गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?