काठमाडौं । टोयोटा गाडीको आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर र्याली २०२४’ वैशाख ८ गते आयोजना गर्ने भएको छ । र्यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धन गर्नु हो ।
२० वर्षअघिदेखि सुरू भएको र्याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीले र्यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ। र्यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ । यो र्यालीमा काठमाडौंको विभिन्न सहरहरु परिक्रमा हुनुको साथै संस्कृतिक सम्पदा हुदै गन्तब्यमा पुगी र्यालीको समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया