प्रधानमन्त्रीले विदेशी भूमिमा राजनीतिक टिप्पणी गर्नु देशकै अपमान : नेता पौडेल

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विदेशी भूमिमा नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान भएको टिप्पणी गरेका छन्।

धादिङ क्षेत्र नम्बर एकद्दारा आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ्का लागि केन्द्रीय प्रतिनिधि समेत रहेका पौडेललले पधानमन्त्रीले देशको राजनीतिलाई विदेशको भूमिबाट नकारात्मक ढङ्गबाट टिप्पणी गनु देशकै अपमान भएको टिप्पणी गरेका हुन्।

सबै तहका सरकारमा हुनेहरूको ब्यबहारले संघीयताको बदनाम भएको बताए।

समावेसिताको भाबनालाई गलत ढङ्गबाट प्रयोग भइरहेको पनि पौडेलले बताए।

भनाई र गराइमा कुनै तालमेल छैन। झुठको खेती गरेर देश संबृद्ध नहुने उनले बताए । कार्यक्रम नेपाली कांग्रेस धादिङ क्षेत्रीय नम्बर १ का सभापति कृष्ण रिजालले अध्यक्षता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?