अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण कार्य शुरु

म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभाग र अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो । 

पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट २० लाख र गाउँपालिकाले ३ लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति गर्न लागिएको हो । 

हुमखोलादेखि आधार शिविरसम्म झण्डै १५ किलोमिटर पदमार्गलाई यसै आर्थिक वर्षभित्र चौडा बनाउने र सिँढी निर्माण गर्ने उद्देश्य छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?