एनआईबिएल सहभागिता फण्डको आवेदन खुल्यो

काठमाडौं । सामूहिक लगानी कोष ‘एनआईबिएल’ सहभागिता फण्डको आवेदन आज ‘आइतवार’देखि खुलेको छ । 

 सामूहिक लगानी कोष सहभागिता फण्डको इकाईमा आजदेखि  सर्वसाधारणका लागि आवेदन खुल्ला भएको हो । कम्पनीले पहिलो चरणमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो।

दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राख्दै एक करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो । 

एनआईबिएल सहभागिता फण्डमा प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम एक सय इकाईको एक हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार इकाईका लागि २५ लाख रुपैयाँसम्मको आवेदन दिन सकिने छ । 

इकाईमा सि आश्वा सदस्यस्ता प्राप्त लगानीकर्ताको बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि अनलाईन आवेदन गर्न सकिनेछ ।

इकाई छिटोमा यहि ‘बुधवार’सम्म निष्काशन बन्द हुनेछ । त्यस्तै  आवश्यक माग नपरेको खण्डमा भने आगामी असार १६ गतेसम्म निष्काशन खुल्ला रहने जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?