जब सांसदले भने, कुर्सीका कारण चारपटक लडेँ…..

 नेपाल कम्युनिस्ट पार्टीका सांसद् खगराज अधिकारीले  कुर्सीका कारण आफू चार पटक लडेको सुनाउँदै संसदमा कुर्सी फेर्न आग्रह गरेका छन्।

कुर्सीहरु धराप र कमजोर भएको भन्दै प्रतिनिधि सभाको बैठकमा अधिकारीले ठट्यौली शैलीमा ‘ज्यान जोगाइ पाउँ’ भनेका छन्।

उनले प्रश्न राखे, ''कति पटक भन्नुपर्ने हो  यो धेरै गम्भीर आपत्तिको विषय भयो। ज्यान जोगाइ पाउँ भन्नुपर्ने अवस्था आयो।’' 

अधिकारीको मागपछि सभामुख कृष्णबहादुर महराले यसबारे ध्यानाकर्षण भएको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?