जब खुलेआम कैदी बजारमा घुमे ….

बर्दिया । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएको घटना सार्वजनिक भएको छ ।

बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन शुक्रबार दिउँसो नेपालगञ्जबाट पक्राउ परेसँगै कारागारभित्रको विकृति सार्वजनिक भएको हो । गुलरिया कारागारभित्र नियमविपरीतका क्रियाकलाप हुने गरेको गुनासो यस अघिदेखि नै आएको थियो । 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले कैद भुक्तान गरिरहेका पुनलाई पक्राउ गरिएको स्वीकारे । 

तर, जेलर विजय मल्लले भने कैदीलाई उपचारका लागि नेपालगञ्ज लगिएको बताए । 
कैदीलाई कारागार बाहिर जान दिएको विषय सार्वजनिकपछि यसबारे जिल्ला प्रशासन कार्यालय, बर्दियाले यस बारे गहन छानबिन थालेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?