२ वटा ब्रुमर चीनबाट ल्याइँदै

पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको काठमाडौं महानगरपालिकाले चाइनाबाट २ वटा ब्रुमर नेपाल ल्याउने भएको छ । 

ब्रुमर चाइनाको छिन्जु सिटीले काठमाडौं महानगरपालिकालाई अनुदानमा दिन लागेको हो। अनुदानमा दिइएका ब्रुमर काठमाडौं आइपुग्न ७ देखि १० दिन लाग्ने महानगरपालिकाले जनाएको छ । 

 

ब्रुमरले सफा गर्दा सडकको धूलो ब्रुमरमै जम्मा हुने र सो फोहोर टेकुको डम्पिङ साइटमा लगेर फालिने भएकाले यसले बातावरण सफा रहने कुँवरले बताए। ब्रुमरको काम गर्ने क्षमता, कामको गति भने ब्रुमर नेपाल आइपुगेपछि मात्र थाहा हुने उनको भनाइ छ।

 

हाल महानगरले ४ वटा ठूला र एउटा सानो गरि ५ वटा ब्रुमर उपत्यकाका मुख्य सडक सफाईमा प्रयोग गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?