दुर्घटनालगत्तै श्रीमतीसँग भिडियोकल, त्यसपछि डेथ  !

भारतको उत्तर प्रदेसमा एउटा अचम्मको तर मार्मिक घटना घटेको छ । सडकमा दुर्घटनामा परेका यूवकले  भिडियो कल गरेर श्रीमतीलाई आफ्नो दुर्दशा देखाउँछन् । र सदाको लागि अन्तीम सास फेर्छन् ।

बेगुसरायको राष्ट्रिय राजमार्ग २८ मा मोटरसाइकल चलाइरहेको राजाराम पण्डितवेगले आएको  ट्रकमा  ठोक्किन्छन् ।

सडकमा लडेपछि उनलाई ट्रकले थिच्छ । उनको एउटा खुट्टा नै अलग हुन्छ । अनी घाइते पण्डितले पत्नीलाई भिडियो कल गरेर आफ्नो हालत देखाउँछन् र घटनाबारे जानकारी गराउछन् ।

 

त्यसपछि उनी अचेत हुन्छन् । तत्कालै सुरक्षाकर्मीले उद्धार गरेर र्घातेलाई अस्पताल पुर्‍याउँछन् । तर, विडम्बना डाक्टरहरुले बचाउन सक्दैनन् । कथाजस्तो लाग्ने यो घटनाले चर्को बहस सिर्जना गरेको छ, यसअर्थमा कि मृतक राजारामको तीन वर्ष अगाडि मात्र बिहे भएको थियो । उनको सात महिनाकी छोरी पनि छिन् ।

राजाराम श्राद्धमा सहभागी हुन ससुराल जाने क्रममा दुर्घटनामा परेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार राजारामाले इयर फोन लगाएर मोटरसाइकल चलाएका थिए । इयर फोन लगाएको बेला गाडीको आवाज नसुनेकाले दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?