पर्यटकिय क्षेत्र बन्दै ‘पाइलट बाबा डाँडा’

काठमाडौं । पछिल्लो समय पाइलट बाबा आश्रम पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आइरहेको छ । 

‘पदयात्रा’ को लागि उत्तम मानिने यस क्षेत्रमा विशेषगरि शनिवार आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या निक्कै बाक्लो हुने गरेको स्थानियहरु बताउँछन् । भक्तपुरको सुर्यविनायक चोकबाट करिब एक घण्टाको पैदल यात्रापछि रमणिय पाइलट बाबा आश्रममा पुग्न सकिन्छ । आश्रमबाट काठमाडौं र भक्तपुरको सुन्दर दृश्यहरु देख्न सकिन्छ । 

पर्यटकहरुलाई मध्यनजरमा राख्दै सुर्यविनायकदेखि पाइलट बाबा आश्रम, घ्याम्पे डाँडा सिलामगाल गुण्डु बसर्पाक पुग्ने सडकसम्म कालो पत्रे गरिएको छ ।  

सडक डिभिजन विभागबाट विनियोजित एक करोड ४० लाखको लागतमा निर्माण शुरु भएको उक्त सडक कालो पत्रे भएसँगै पर्यटकहरु पाइलट बाबा आश्रम र घ्याम्पे डाँडासम्म सहजै पुग्न सक्छन् । पाइलट बाबा आश्रममा अवस्थित सोमनाथ मन्दिर दर्शनका लागि पनि पर्यटकहरु आउने गर्ने स्थानीयहरु बताउँछन् ।

भारतिय एयर फोर्सका फाइटर पाइलट कपिल सिंहको नामबाट यस ठाउँको नाम पाइलट बाबा आश्रम रहन गएको हो ।बेला बेलामा पाइट बाबा यसै स्थानमा आएर बस्ने पनि गर्छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?