आयुर्वेदिक प्रादेशिक चिकित्सालय चिकित्सकविहीन

दाङ । दाङको  विजौरीमा रहेको आयुर्वेदिक प्रादेशिक चिकित्सालय अहिले चिकित्सकविहीन बनेको छ । ७ जना कर्मचारी चिकित्सकको दरबन्दी रहेको प्रादेशिक अस्पताल विजौरी अहिले चिकित्सकविहीन बनेको हो। 

अस्पतालमा चिकित्सक अभाव हुँदा बिरारामीहरु विजाृकमा परेका छन् । मात्र एकजना अस्पताल निर्देशकको भरमा प्रादेशिक अस्पताल सञ्चालनमा छ । विगत ६ वर्षदेखि अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक छैनन् ।

 

 दुइ वर्षदेखि अस्पताल निर्देशकको रुपमा अस्पतालमा आएका डा। राम कामेश्वर ठाकुरले अस्पतालमा आफुले सकेजती सेवा दिइरहेको छन् । प्रादेशिक आयुर्वेद चिकित्सालयमा अहिले विरामीको चाप बढेलगतै चिकित्सकको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको डा. ठाकुरले बताए।

 

अहिले दैनिक सय भनदा बढी बिरामी आउँछन् । सबै बिरामीलाई बिहान ९ बजेदेखि बेलुकासम्म म आफैले हेरिरहेको छु, डा. ठाकुरले भने, दरबन्दी सातजनाको छ , तर चिकित्सक छैनन् ।

अस्पतालमा चिकित्सक अभावमा अरुले गर्ने काम पनी आफैले गरिरहेको  निर्देशक, डा। ठाकुरले बताए ।  अस्पतालमा बिरामीको चाप हुने र त्यहि अनुसारको चिकित्सकको व्यवस्था गरिनुपर्ने स्थानीय राकेश बस्नेत बताए ।

बिरामी अत्याधिक संखयामा हुनछन् दरबन्दी अनुसार चिकित्सकको सङ्ख्या एकदमै कम छ, निर्देशक ठाकुरले भने, एकजनाले कतिनै गर्न सकिन्छ र बिहान ९ बजे देखि बेलुका ८ बजेसम्म म आफै बिरामीको चेकजाँचमै निरन्तर खटिराखेको हुन्छु ।

दरबन्दीमा रहेका सामान्य चिकित्सक गोकर्ण दहाल तुलसीपुर उपमहानगरपालिकामा स्वास्थ्य शाखा प्रमुख भएर काजमा गएका छन् । अन्य चिकित्सकको दरबन्दी अनुसारको व्यवस्थापन हुनसकेको छैन् । २ जना चिकित्सक र ५ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको चिकित्सालयमा विगत डेढ वर्षदेखि १ जना मात्र चिकित्सक रहेको  निर्देशक डा। ठाकुरले बताए ।

चिकित्सालयमा अहिले सल्यान, दाङ, डोल्पा, रोल्पा, प्युठान, रुकुम, सुर्खेत, रौतहत, बारा, नेपालगञ्ज, दैलेख, बाँके, कपिलवस्तु, बर्दिया बाट बिरामी आउने गरेका छन्।

चिकित्सालयले हाल बिरामीलाई एक्सरे, ल्याव, ओपीडी, इमरजेन्सी, अल्ट्रासाउण्ड, पञ्चकर्म, योग, क्षारशुत्र, फिष्टुला पाइल्स अपरेशनलगायतका सेवा तथा सुबिधा दिँदै आएको अस्पताल प्रशासनले जनाएको छ। 

अस्पतालद्धारा नियमित चेकचाँज, इमरजेन्सी, अपरेशन र पञ्चकर्म लगाएतका सेवा दिदै आईरहेको छ। नेपालमै थोरै मात्रामा भएको क्षारसुत्र तरिकामार्फत अपरेशन सेवा समेत प्रदान गरिँदै आइरहेको निर्देशक ठाकुरले बताए । ५० प्रतिशतभन्दा बढी ग्याष्ट्रिककै बिरामी आउने गरेको निर्देशक डा। ठाकुरले बताए।

त्यस्तै,  फिष्टुला पायल्सका बिरामीको संख्या पनि धेरै छ । अस्पतालमा पाइल्सका बिरामी दैनिक १५ जना बढी आउने गरेको ठाकुरले बताए । आर्थिक वर्षमा २ सय ५ जना पाइल्सका बिरामीले अप्रेशनविधिबाट सेवा तथा सुवीधा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?