प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाने, यस्ता छन कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । 

प्रधानमन्त्री ओली यहि जेठ २५ गते शनिवार युरोप भ्रमण जान लागेका हुन् । उनले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी आगामी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् ।

त्यस्तै २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । यता जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?