करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
0
Shares


सर्लाही । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ब्रहमपुरी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हाे ।

ग.१ त ४३१४ नम्बरको ट्याक्टरले सोही ठाउँस्थित खेत जोत्ने क्रममा कृषि मिटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?