यार्सागुम्बा टिप्ने क्रममा मृत्यु

पोखरा–मुस्ताङमा यार्सागुम्बा टिप्न गएका एक व्यक्तिको आज मृत्यु भएको छ । गोरखा धार्पे गाउपालिका–४ बस्ने ४५ वर्षीय राजेन्द्र घलेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
     
    वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ को मुक्तिनाथमाथि हाई क्याम्प स्थानमा यार्सागुम्बा टिप्ने क्रममा अचानक बेहोस भएर उनको मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा थप जानकारीका लागि प्रहरी टोली खटिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?