काठमाडौं । मलेसियाविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।
बुरीत जालिल राष्ट्रिय मैदानमा आइतवार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल मेलसियासँग २-० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
मलेसियाले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ५१ औँ मिनेटमा मलेसियाका लागि सफावी राशिदले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ८२ औँ मिनेटमा साहरुख सादले गोल गरे ।
निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाउपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० गोलको हार बेहोर्यो ।
यसैबीच नेपालका मुख्य प्रशिक्षक जोहन कालिनले मलेसियाविरुद्धको खेलमा नेपालको निकालेको नजिताप्रति दुःख लागेको बताएका छन् ।
‘नेपालले मलेसियासँग निकालेको नतिजा र प्रर्दशनबाट म छक्क परेको छु, वरियतामा आफुभन्दा तल्लो टिमसँग पराजित हुनु भनेको निक्कै खराब प्रर्दशन गर्नु हो ।’, प्रशिक्षक कोलिनले भने ।
साथै उनले नेपालले यस्तो खराब नतिजा निकाल्छ भन्ने आफुले कहिल्यै नसोचेको पनि बताए ।
उनले भने, ‘नेपालको यो नतिजाबाट म अचम्मितमा परेको छु, खेलाडीहरुले सोचेअनुरुप खेल्न सकेनन् ।’
फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा छ भने मलेसिया १ सय ६८ औँ स्थानमा छ । विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि दुई देशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका बनाएको थियो ।
जस अनुसार अब नेपालले चाइनिज ताईपेसँग खेल्नेछ । यी दुई टिमबीचको खेल यहि बिहीवार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया