एजेन्सी । जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।
लण्डनको केनिङटन ओभलमा आइतवार राति सम्पन्न भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रुनले पराजित गरेको हो । ३ सय ३१ रनको फराकिलो लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको दक्षिण अफ्रीकाको पारी ८ विकेट क्षतीमा मात्र ३ सय ९ रनमा समेटिएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय पारी खेलेपनि त्यो जितको लागि प्रयाप्त भने हुन सकेन । त्यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५-४५ रन, भान डेर डुसेनले ४१ रन तथा डेभिड मिल्नरले ३८ रन बनाए ।
यता बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साईफुदीनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय पारी खेले । रहमानले ७८ रन, हसनले ७५ रन, महमदउल्लाहले अविजित ४६ रन, सौम्य सरकारले ४२ रन, मोसाडेक होसेनले २६ रन तथा मोहमद मिथुनले २१ रन जोडेका थिए ।
दक्षिण अफ्रीकाका लागि इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले समान २-२ विकेट लिएका थिए । यो जितसँगै बंगलादेशले महत्वपूर्ण २ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया