नवलपरासीमा हावाहुरी आउँदा एक बालिकाको मृत्यु

नवलपरासी । आइतवार साँझ आएको ठुलो हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । 

साँझ आएको सो हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी  बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए । 

उक्त हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको शाहले जानकारी दिए । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पु-याएको प्रहरी नायब निरीक्षक शाहले बताए ।  

घरको छानो उडाइदिएको र हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा  अनुगमनका लागि सिसीटिभी जडान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?