दाङमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते, चारको अवस्था गम्भिर

दाङ । दाङको लमही नगरपालिकामा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

लमही नगरपालिका वडा नम्बर ९ रिहारमा आइतवार राति यात्रु बस दुर्घटना भएको हो । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस आइतवार राति करिब सवा बाह्र बजेतिर दुर्घटना भएको हो । उक्त यात्रुबाहक बस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई उपचार गर्न बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा—६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?