चट्याङमा परि एकको वृद्धको मृत्यु

प्यूठान । चट्याङमा परि आइतवार प्यूठानमा एक महिलाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका–५, मा बस्ने ६४ वर्षीय गोठी बुढाको चट्याङ लागेर मृत्यु भएको हो । जंगलमा बाख्रा चराउन गएका बेला चट्याङ लागेर  होस गुमाएकी बुढाको स्वास्थ्य संस्थामा उपचार गर्ने क्रममा मृत्यु भएको सोहि क्षेत्रका स्थानीय तेजेन्द्र विएमले जानकारी गराए ।

उक्त चट्याङमा परेर सात वटा बाख्रासमेत मरेका छन् । त्यस्तै, चट्याङ सँगसँगै आएको वर्षाले  जिल्लाका विभिन्न क्षेत्रमा नोक्सान पुर्याएको छ । वर्षाले डामृ स्थित हेमराज सुनारको घर समेत भत्काएको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?