कर्मचारीको अभाव कायमै

बैतडी । बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको कमी हुँदा जनप्रतिनिधिले नै काम गर्न परिरहेको छ । 

वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताए । 

नगरपालिकाभरि दुई जना सचिव रहेको उनले बताए ।  जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । स्थानीय तहका वडाबाट साविकको गाविसभन्दा कम सेवा तथा सुविधा पाउने गरेको मेलौली नगरपालिका केशवसिंह भाटले गुनासो पोखे ।

वडामा कर्मचारी नहुँदा वडास्तरका सेवा सुविधा पाउन सकिएको छैन । कर्मचारी नहुँदा वडाका काम लथालीङ्ग हुने गरेको मेलौली नगरपालिका– ३ का वडाध्यक्ष रघुवीर भाटले जानकारी दिए। सिगास गाउँपालिकाका वडामा पनि सचिव नहुँदा सेवाग्राहीले समस्या खेपीरहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?