काठमाडौं । खगेन्द्र भाटले दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् ।
उनले सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि आफ्नो पोल्टामा पारेका हुन् । अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२ दशमलब १९५ किलोमिटर दूरी चार घण्टा छ मिनेट ५३ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन् ।
त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै दोस्रो स्थान हात पारे । चार घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गर्दै गोपाल तामाङ तेस्रो भए ।
समुद्री सतहबाट चार हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु म्याराथन माछापुच्छे« आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो ।
म्याराथनक विजेताले एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार स्पैयाँ प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया