उपसभापति निधि डेनमार्क प्रस्थान, यस्ता छन् कार्यक्रम

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्कमा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि आज ‘सोमवार’ त्यसतर्फ प्रस्थान गरेका छन्।  

डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी डीआइपीडी को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

त्यस क्रममा उनले त्यहाँका मतदाता, युवा, महिलालगायतका समूहसँग भेटेर कुराकानी गर्नेछन। निर्वाचनको दिन मतदानस्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको र त्यसको भोलिपल्ट राजनीतिक दलका नेतासँग अन्तक्र्रिया गर्नुहुने सचिवालयले जनाएको छ ।     

डेनमार्क बाहिर डीआइपीडीको नेपाल पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलको प्रतिनिधित्वसहित सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?