शिक्षीका पुनको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते

रोल्पा । रोल्पाको रुम्टीगढी गाँउपालिका ८ को एक विद्यालयमा शिक्षीकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । 

घाइतेमध्ये कतिपयको हात भाचिएको छ । विद्यार्थीहरु स्कुल ढिला आएको भन्दै शिक्षीका लक्ष्मि पुनले विद्यार्थीहरुमाथि कुटपिट गरेकी थिइन् ।
 
घाइते हुने छात्र तथा छात्राहरुमा कक्षा १ देखी ८ कक्षा पढ्नेसम्मका विद्यार्थीहरु रहेका छन् । घाइतेमध्ये केही विद्यार्थीहरुको आइतवार दाङको तुलसीपुरमा रहेको सहारा पोलिक्लिनिकमा प्लास्टर तथा उपचार भएको थियो । 

घाइते विद्यार्थिहरुको कुइनो, कुम, नाडी तथा जोर्नीमा समस्या देखिएको साथै हात तथा अनुहार सुन्निएको उपचारमा संलग्न डा. घनश्याम शर्माले बताए । केहि महिना पहिले उनै शिक्षीका पुनको कुटाइबाट ३ कक्षामा पढ्ने नरबहादुरको कानको जाली फुटेर एउटा कान सुन्न छोडेको विद्यार्थीले बताएका छन् । 

औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?