काठमाडौं । चक्रपथस्थित कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी हाक्न नपाइने भएको छ ।
ट्राफिक प्रहरीले सो सडकखण्डमा यातायातका साधनको गतिसीमा निर्धारण गरेको जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा बढी गतिमा सवारी हाक्न पाउने छैन । त्यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ ।
सोमवारदेखि कोटेश्वर कलंकी सडकखण्डमा सवारी साधनको गति मापन शुरु गरिएको भन्दै तोकिएको सीमा बाहेर सवारी चलाइए यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४(६) बमोजिम कारबाही हुने जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया