काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
आज नेपालले हङकङविरुद्ध जित निकाले नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । समूह ‘ए’ मा रहेको नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । यो समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् ।
नेपालले पहिलो खेलमा मलेसियासँग पाँच विकेटले र दोस्रो खेलमा कतारसँग ३२ रनको जित निकाल्दै दुवै खेलमा विजयी भएको थियो । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा भने साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा रहेको हङकङ पनि आज नेपाल विरुद्ध जितको खोजिमा हुनेछ ।
यस्तै, हङकङविरुद्ध जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ नेपाली टोली मैदान प्रवेश गर्नेछन् । नेपाल र हङकङबीच हालसम्भ भएका ९ वटा टी–२० आई खेलमा दुबै टोलीले ४/४ खेलमा जित निकालेका छन् । एउटा खेल भने वर्षाको कारण रद्द भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया