१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, काँहा गयो विमान ?

एजेन्सी । नयाँदिल्ली । आसामबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको विमान सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ ।

८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेको एएन ३२ विमान दिउसो  १ बजेदेखि सम्पर्कमा नआएको कुरा खुलेको छ ।आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ ।

अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा विमान खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?