मुख्यमन्त्रीको स्वास्थ्य स्थितिबारे प्रधानमन्त्रीले जानकारी लिए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उनले त्यहाँ मुटुको शल्यक्रिया गरिहेका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका थिए ।

मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेका छन् ।

मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?