राष्ट्रपति नेपालगन्ज जाँदै, सडक प्रयोगकर्ता लाई यस्तो सूचना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको नेपालगन्जको सवारीका कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित हुने भएको छ। राष्ट्रपति भण्डारी सवारी हुने बाटोको बैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ।

मंगलबार साढे  १२ देखि केही समय शीतल निवासबाट, शिवपुरी उच्च माध्यमिक विद्यालय, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवती, लोत्से चोक, ज्ञानेश्वर, रातो पुल, गौशाला चोक, तिलगंगा, एयरपोर्ट गेट हुँदै चल्ने सवारी साधनहरू एकतर्फी बन्द हुने भएको कुरा प्रहरीले जनाएको छ ।  

भोलि वातावरण दिवसको अवसरमा नेपालगन्जमा हुने कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी आज दिउँसो नेपालगन्ज जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?