फिल्म खेल्दै भुवन केसी

काठमाडौं । देवचुली चलचित्रको व्यानरमा निर्माण हुन लागेको “मिस्टर नेपाली” मा भुवन केसी र रिमा विश्वकर्मा युगल जोडिको रुपमा देखा पर्ने भएका छन् ।

उक्त चलचित्रको विषयलाई लिएर काठमाडौंमा आयोजीत एक कार्यक्रममा औपचारिक घोषणा पनि गरिएको छ । सोही दिन देखिनै छायांकनको सुरुपनि निर्माण टिमले गरेको छ ।
देवनारायण भुषालको लेखन तथा निर्देशन र प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रको छयांकन नवलपरासीमा हुनेछ ।

अभिनेता भुवन केसी चलचित्र क्याप्टेनको तीतो असफलता पछी अभिनयमा फर्किएका छन् । निर्माण हुन लागेको उक्त चलचित्रमा भुवनले खलनायकको भुमीका पनि निभाउने बताइएको छ । 
अभिनेत्री रीमा विश्वकर्माले अभिनेता भूवन केसीसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । नेपाली चलचित्र ईतिहासका एक बलिया खम्वाको रुपमा भुवनको नाम आउने भएकाले उनिसंग कामगर्न पाउनु ठुलो कुरा हो, उनले भनिन् ।

निर्देशक भुषालले यो चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्ने बताए । हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहने चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?