जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत विद्यालयलाई सौर्यबत्ती

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयमा सौर्यबत्ती वितरण गरेको छ ।

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आठ आधारभूत र चार माविलाई दुई चिम, एक पाता, व्याट्रीसहित १० वाटको सौर्यबत्ती विद्यालयलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले जानकारी दिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अधिकृत पदमवहादुर भण्डारीलगायत गाउँपालिका टोलीले विद्यालयमै पुगेर बत्ती प्रदान गर्दै स्थानीय सरकार आएको अनुभूति दिलाउन बत्ती वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?