पत्रकार गोविन्दप्रसाद शर्माको अन्त्येष्टि

काठमाडौं । आईतवार ललितपुरको धोवीघाटमा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार गोविन्दप्रसाद  शर्माको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पत्रकार गोविन्द र नुवाकोटवासी मोटरसाइकल चालक चन्द्रमणी मुडवरीको मृत्य भएको थियो । पत्रकार शर्मा कृषि टेलिभीजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्षको रुपमा काम गरेका थिए ।

मृतक पत्रकारको अन्त्यष्टिमा आफन्त लगायत विभीन्न पत्रकार, कलाकार तथा राजनीतीज्ञ व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो । उनको पार्थिव शरीरमा बुवा ईश्वरीप्रसाद घिमीरे र आमा सिर्जना घिमीरेले दागबत्ती दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?