किसानलाई कर्जा अनुदान दिँदै प्रदेश ५ सरकार

परासी : प्रदेश– ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट  किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले  यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् । 
 
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेका विभिन्न संरचना शिलान्यासपछि आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

किसानलाई कर्जामा अनुदानको व्यवस्था गरिने बताउँदै मन्त्री पौडेलले व्यावासायिक रूपले उत्पादन वृद्धि गर्न सके  उत्पादित वस्तु बिक्री वितरणको  जिम्मा प्रदेश सरकारले लिने विश्वास दिलाइन् । 
उक्त गाउँपालिका अध्यक्ष दीपक गुप्ताले गाउँपालिकाले पनि कृषिलाई उच्च प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिरहेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?