५ जना विद्यार्थीको हात भाँचिदिने शिक्षिका पक्राउ

रोल्पा । विद्यार्थिलाई निर्मम यातना दिने भानु आधारभूत विद्यलयकी शिक्षीका प्रहरीको फन्दामा परेकी छिन् ।

विद्यार्थिहरुलाई कुटपीट गरी घाईते र ५ जनाको हात समेत भाँचेको अभियोगमा प्रहरीले उक्त घटनाको बारेमा थाहा पाए लगत्तै शिक्षीका लक्ष्मि पुनलाई पक्राउ गरेको हो । स्थानीय रुम्टीगढी गाउँपालिका आठ की पुनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागी १० दिन म्याद थप गरी शिक्षीका पुनलाई सोबार विद्यलयको छुट्टी भएपछी प्रहरीले पक्राउ गरेको थियो । पुनलाई अपराध संहिता २ हजार ७४ को दफा १ सय १८ बमोजिम एक वर्षसमम कैद वा १० हजारसम्म जरिवाना वा दुबै हुनसक्ने कानुनविद्हरुले जनाएका छन् ।

उक्त घटना सार्वजनीक भएलगत्तै तत्काल कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक खड्काले पक्राउ गर्न आदेश दिएका थिए । विद्यालय ढिला आएकोृ भन्दै शिक्षीका पुनले विद्यार्थीहरुलाई निर्घात कुटपीट गरेकी थिईन् । घाईते हुने र हात भाँचीनेमा  कक्षा १ देखी ८ कक्षा पढ्ने सम्मका विद्यार्थी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?