दिगो विकासका लागि शिक्षामा लगानी गनुृपर्छ – राष्ट्रपति भण्डारी

नेपालगंज । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अनन्त विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छिन् ।

वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिईन् ।

बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उनले भनीन, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।”

राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताईन् । सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक विकृति र विसङ्गतिको समाप्त गर्न पनि गुणस्तरीय शिक्षा महत्वपुर्ण रहेको बताईन् ।

राष्ट्रपती भण्डारीले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताईन् । अर्को एक प्रसङ्गमा राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई सफल बनाउन सरकारलाई सुझाव दिँदै भेरी बबई डाईभर्सन, सिक्टा सिंचाइ आयोजनालगायत यस क्षेत्रको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले कदम उठाउनुपर्र्ने बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?