निष्कर्षविहिन सकियो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  नेकपा सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ । 

बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहिन  सकिएको हो । बैठक पटक–पटक स्थगित भएपछि कार्यविभाजन टुंग्याउने विषय अन्योलमा परेको छ । 

बैठकपछि नेपाल कम्युनिष् पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, कार्यविभाजन सम्बन्धि छलफल सकारात्मक छ । साथै भोलि बस्ने बैठकले कार्यविभाजको टुंगो लागाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?