प्रदेश १ को गहुँ उत्पादन घट्यो

विराटनगर । प्रदेश नम्बर १ मा गत वर्षको तुलनामा यो वर्ष गहुँ उत्पादनमा कमी देखीएको छ ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार यो बर्ष गहुँ उत्पादनमा १५ हजार ७ सय ३५ मेट्रिक टन कम देखीएको  छ । गत बर्ष गहुँ उत्पादनमा १लाख ८५ हजार ३ सय ९१ मेट्रिक टन भएको थियो । त्यस्तै यो वर्ष १ लाख ६९ हजार ६ सय ४६ मेट्रिक टन उत्पादन भएको छ ।

निर्देशनालयका सूचना अधिकारीका अनुसार प्रदेश नम्बर १ को सुनसरी जिल्लामा सबैभनदा बढी गहुँ उत्पादन भएको छ भने कम उत्पादन भएको पहाडी जिल्ला संखुवासभा रहेको छ ।
सुनसरीमा ४२ हजार ९ सय २९ मेट्रिकटन गहुँ उत्पादन भएको छ।

संखुवासभामा १ हजार ६ सय ८ मेट्रिकटन गहुँ उत्पादन भएको जनाइएको छ । प्रयाप्त पानी पानी, मल र बिउ बिजनको कमी भएका कारण गहुँ उत्पादनमा कमी देखीएको कृषि विकास निर्देशनालयलको तथ्यांकले जनाएको छ ।

गत वर्ष उक्त प्रदेशमा ६३ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । यस वर्ष कृषकले २ सय १४ हेक्टर बढी क्षेत्रफलमा गहुँखेती गरेका छन्। उत्पादन घटे पनि गत वर्षको तुलनामा खेती गर्ने क्षेत्रफल भने बढेको निर्देशनालयको तथ्यांकले देखाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?