काठमाडौं । रोहित शर्माले शतक पारि खेल्दा आईसीसी एक दिवसीय विश्वकपमा दक्षिण अफ्रिकालाई हराउँदै भारत विजयी भएको छ । शर्माले नटआउट १२२ रनको योगदान दिँदा दक्षिण अफ्रिका ६ विकेटले पराजित भएको हो । योसँगै दक्षिण अफ्रिकाले लगातार तेस्रो हार व्यहोरेको छ ।
दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । भारतका लागि ३४ बल खेलेका कप्तान विराट कोहली १८ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ३४ रनमा समेटिए । त्यस्तै केएल राहुलले २६ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २ विकेट लिए । त्यस्तै क्रिस मोरिस र एन्डिल फेलुकवायोले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया