गुण्डा नाइके राधेलाई यसरी पक्रियो प्रहरीले

धादिङ । प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारीलाई  प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

उनी बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । 

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?