मोटरसाइकल चोरेर भाग्दाभाग्दै पुलिसको पन्जामा ….

काठमाडौं । भक्तपुरको नगरपालिका १ सल्लाघारीस्थित बा ८८ प २६५३ नम्बर र बा ९४ प ९५३७ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सल्लाघारी बस्ने सिन्धुपाल्चोक  जुगल गाउँपालिका ७ घर भएका २३ वर्षीय शरण तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकल चोरी गरी सल्लाघारी चोकतर्फ लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै चोरीमा संलग्न हाल नाम, थर वतन नखुलेका व्यक्ति फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ । 
    

यसैगरी पर्साको वीरगंज महानगरपालिका १५ बसपार्कबाट बा ४८ प १८४५ नम्बरको मोटरसाइकलको लक तोडी चोरी गरी लैजादै गरेको अवस्थामा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३९ वर्षीय नकुल रुम्बा तामाङ, मकवानपुर हेटौंडा उपमहानगरपालिका १ बस्ने ३४ वर्षीय रमेश लामा र ५० वर्षीय अमित कुमार थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?