ड्युटीमा खटिएका प्रहरीमाथि हातपात

उदयपुर । कटारी नगरपालिका ६ स्थित बिहीबारे भन्ने स्थानमा ड्युटीमा खटिएको प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा सोही नगरपालिका ७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
    

उक्त स्थानमा हो- हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ ।  साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?