काठमाडौं । बिहीबार राति आएको हुरीका कारण सुदूरपश्चिमको कैलालीमा जनधनको क्षति भएको छ । हुरीका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने ठ६ जना घाइते भएका छन् ।
घटनामा चार जना गम्भीर घाइते भएका छन् । ती मध्ये २ जनालाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र हावाहुरीका कारण कैलालीको गोदावरीमा मोटरसाइकल र टिपर अनियन्त्रित भई ठोकिँदा मोटरसाइकल चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको मृत्यु भयो । घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्याय प्रहरी निरीक्षक प्रकाश धामीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया