विश्वकप क्रिकेट : अष्ट्रेलियाको दोस्रो जित

काठमाडौं– साविक विजेता अष्ट्रेलियाले एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । बिहीबारको खेलमा वेष्ट इण्डिजलाई १५ रनले पराजित गर्दै अष्ट्रेलियाले यो सिजनमा आफ्नो दोस्रो जित दर्ता गराएको हो । 

अष्ट्रेलियाको जितका लागि ब्याटिङमा नेथन कल्टर नाइल र बलिङमा मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरेका थिए । मिचेल स्टार्कले विश्वकप करिअरमा तेस्रो ५ विकेट लिएपछि २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ९ विकेटको क्षतिमा २७३ रनमा समेटियो । 

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो वेष्ट इन्डिजको भने यो पहिलो हार हो । पहिलो खेलमा उसले पाकिस्तानलाई हराएकोे थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?