अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा चाईनिज ताईपेसँग नेपालको बाराबरी

काठमाडौं । फिफा वरीयतामा आफूभन्दा ३६ स्थानमाथि रहेको चाईनिज ताईपेलाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बराबरीमा रोक्न सफल भएको छ । बिहीबार भएको खेलमा ताईपेलाई नेपालले १–१ गोलको बराबरीमा रोकेको हो । 

फिफा वरियतामा १२५ औं स्थानमा रहेको चाईनिज ताईपेविरुद्ध १६१ औं स्थानमा रहेको नेपालले ताईपेको सुरुवाती अग्रता उल्टाएको थियो । खेलको दोस्रो हाफमा नेपालका अभिषेक रिजालले गोल फर्काएका थिए । 

पहिलो हाफको अन्तिम समयमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर रिजालले राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरीमा फर्काए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?