दुबईमा बस दुर्घटना : १७ जनाको मृत्यु

काठमाडौं । युएईको दुबईमा पर्यटक सवार बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । इद मनाएर ओमन फर्कँदै गरेको पर्यटक सवार बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

दुर्घटना दुबईको शेख जायद रोडमा भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन । घाइतेको दुबईको राशिद अस्पतालमा उपचार भइरहेको छ । मृतकलाई पनि त्यही अस्पतालमा राखिएको दुबई पुलिसले ट्वीटमार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?