बर्दियामा हावाहुरीका कारण तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति

बर्दिया । बिहिबार राति आएको भिषण हावाहुरीले बर्दियामा ३ जना घाइतेसंगै दर्जन भन्दा बढी घरमा क्षति पुर्याएको छ ।

उक्त हावाहुरीका कारण राजापुर नगरपालिका वडा २ बस्ने अनु थारुको टाउकोमा समेत चोट लागेको छ ।  त्यस्तै बाँसगढी नगरपालिका २७ वर्षिया सुनीता विक र उनका ५ वर्षिय छोरा नारायण विकको हात तथा खुट्टामा प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।

उक्त हावाहुरीमा परि घाइतेहरुको बाँके जिल्लामा रहेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको नायब उपरीक्षक महराले जानकारी दिए । झण्डै १ घण्टा लामो चलेको सो हुरीले  जनजीवन प्रभावित पारैको थियो । हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर स्थानीय घाइते भएका हुन् ।

हावाहुरीले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पुर्याएको छ । हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ ।

हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?