मेगा बैंकमा ४५ जनालाई जागीरको अवसर ! कुन- कुन पोष्ट खाली  ?

काठमाडौं । मेगा बैंकले रिक्त पद पुर्तिको लागी विज्ञापन सार्वजनिक गरेको छ ।

बैंकले हालका लागि ४५ जना कर्मचारीको आवश्यक रहेको विज्ञापनले प्रष्ट पारेको छ ।

बैंकले एक जना ब्रान्च म्यानेजरका साथै अफीसर तहका लागि ३१ जना कर्मचारीको माग गरेको छ ।

अधिकृत तहमा शाखाको क्रेडिट विजनेस तर्फ ५ जना र क्रेडिट डिपार्टमेन्टको लागि ८ जना कर्मचारी आवश्यक रहेको छ ।

साथै १३ जना कर्मचारी माग असिस्टेन्टको पद पुर्तिका लागि गरीएको छ ।

ईच्छुक उम्मेदवारहरुले बैंकको वेवसाइटको माध्यमबाट अनलाइन मार्फत फारम तथा आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेको नपुगेको अनलाइनबाटै जानकारी गराइने बैंकले जनाएको छ । आवेदन भर्ने म्याद असार ६ गतेसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?