जनचासोका विषयमा कलम चलाउनुहोस् : मन्त्री बाँस्कोटा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताएक छन् ।

राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताए । 

सो अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेले कार्यालयमा पत्रकारलाई सहजताका लागि सूचना केन्द्र सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक सहयोग मागिएको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?