काठमाडौं । संसारमा जति पनि बालबालिकाहरु छन्, ति सबै फरक–फरक प्रवृत्तिका हुन्छन् र सबैको आ–आफ्नै स्वभाव हुन्छ । कोहि बालबालिकाहरु अलि छिटो बुझ्ने र सम्झने हुन्छन् भने कोहि अलि ढिलो । तर यदि बालबालिकाहरु कुनै पनि चिजमा ध्यानकेन्द्रित गर्न वा एकाग्र हुन सकिरहेका छैनन्, बालबालिकाहरु कोहिसँग पनि तुरुन्तै बोल्न सक्दैनन् र आफ्नो कुरालाई नै लिएर आफै कन्फियूज वा अलमलमा रहन्छन् भने त्यस्ता बालबाकिाहरुलाई हामीले कम दिमाग वा मन्दबुद्धि भएको बालबालिकाको रुपमा हेर्ने गल्ती भने गर्नु हुँदैन ।
किनभने यो एउटा गम्भीर मानसिक रोगको लक्षण पनि हुन सक्छ । यो रोगलाई एडल्ट अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी (एडीएचडी) भनिन्छ । आज हामी तपाईंहरुलाई यस रोगको साथसाथै यसका लक्षण र उपचारको बारेमा जानकारी गराउने छौँ ।
एडीएचडी भनेको के हो ?
अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी अर्थात् एडीएचडी एक प्रकारको मानसिक विकार हो । यसले बालबालिकाको मस्तिष्क र स्नायु प्रणालीको विकासमा नराम्रो असर पु¥याउने गर्छ । जसको कारण मस्तिष्कले ढिलो काम गर्ने गर्छ । यो समस्याबाट ग्रसित बालबालिकाहरुमा लगातार विभिन्न प्रकारका समस्याहरु पनि देखा पर्न थाल्छन् । अधिंकाश बालबालिकाहरु यो समस्याबाट ग्रसित रहेका हुन्छन् । तर कहिले काहिँ भने ठुला मानिसमा पनि यस्तो समस्या देखिन्छ र यसलाई वयस्क ( एडल्ट) एडीएचडी भनिन्छ ।
.एडीएचडीका लक्षणहरु
.कुनै पनि चिजमा ध्यानकेन्द्रित गर्न नसक्नु
.क्रोध, चिडचिडापन र बेचैनी हुनु
.प्राय अलमलमा परिरहनु
.बारम्बार मूड परिवर्तन हुनु
.कुनै पनि कुरा तुरुन्तै बिर्सनु
.छिट्टै रिस उठ्नु
.एकै ठाउँमा स्थिर भएर बस्न नसक्नु
एडीएचडी हुन सक्ने कारणहरु
.जेनेटिक वा आनुवांशिक
.गर्भाअवस्थाको खानपानको असर
.मस्तिष्कमा चोट लाग्नु
.बच्चाको जन्मपछि मस्तिष्कको विकासमा कमी
.समय अगावै बच्चाको जन्म
.जन्मजात कम तौल
.गर्भाअवस्थामा बच्चाको दिमाग राम्रोसँग विकास नहुनु
.गर्भाअवस्था वा सानै उमेरमा वातावरणीय जोखिमको सामना
एडीएचडीको उपचार
यस्तो समस्याबाट पिडित बालबालिकाहरुको व्यवहारमा परिवर्तन ल्याउन अभिभावकको ठुलो भूमिका रहन्छ । अभिभावकले आफ्नो बच्चाहरुलाई धेरै समय दिने, उनीहरुसँग कुराकानि गरिराख्ने र उनीहरुलाई मनपर्ने खेल सँगै खेल्ने गर्नुपर्छ ।
अभिभावकहरुले बच्चाहरुको दैनिक कार्य तालिका बनाएर त्यसै अनुसार काम गर्न सिकाउने र दैनिक कार्यमा फोकस गराउने गर्नुपर्छ । साथै बच्चाहरुको रोजाइको प्रशंसा गर्ने, उनीहरुलाई रचनात्मक कार्य गर्न लगाउने र मनोबल बढाउने गर्नुपर्छ । हामीले त्यस्ता बालबालिकाहरुलाई बोल्ने थेरापी पनि गराउन सक्छौँ र आवश्यक अनुसार चिकित्सको सल्लाह पनि लिने गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया