ज्ञानेन्द्र शाहि रिहा (भिडियोसहित)

‘नेपालका लागि नेपाली अभियान चलाएका जुम्लाका ज्ञानेन्द्र शाहि रिहा भएका छन् ।

सर्वोच्च अदालतको आदेश पछि  उनलाई रिहा गरिएको हो । 

शाहीलाई पक्राउ पुर्जीबिनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै व्यापक रुपमा उनको रिहाइ, उपचार तथा क्षतिपूर्तीको माग भएको थियो । 

गत वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई गालीगलौज गरेको भिडियो पोस्ट भएको थियो। यसपछि प्रहरीमा परेको जाहेरीका  आधारमा उनलाई पक्राउ गरिएको थियो । शाहीलाई पत्रकारमाथि मानहानीको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउका क्रममा केहिबेर धरपकड हुँदा उनका समर्थकहरूले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका थिए । शाहीका समर्थकहरूले प्रहार गरेको ढुंगा लागेर ६ जना प्रहरीसहित शाही पनि घाइते भएका थिए । 

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रारम्भिक अनुगमनका क्रममा पक्राउ पूर्जी विना पक्राउ गरिएको र प्रहरीको कुटाइबाट उनको खुट्टामा चोट लागेको विज्ञप्ती जारी गरेको थियो ।        -शाहिको फोटो सामाजिक सञ्जालबाट लिइएको हो । 

यस विषयमा लोकपथ  टिभिले नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डिआईजी विश्व राज पोखरेलसँग खास कुरा गरेको थियो । के भनेका थिए उनले । हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?