नेकपालाई दलाल भन्दै ललितपुरका नेता काँग्रेसमा प्रवेश

ललितपुर– नेकपा ललितपुरका नेता काँग्रेसमा प्रवेश गरेका छन् ।
 काँग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार भएको सभामा जिल्ला नेता रामकृष्ण हुमागाँई  काँग्रेस प्रवेश गरेका हुन् ।
हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएको आरोप लगाए ।

सो अवसरमा देउवाले पार्टीका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?